पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन्।
शैक्षिक भ्रमणको लागि दाङबाट आएका विद्यार्थी बोकेको ना.५ ख १०८९ नम्बरको बस रानीमहल जाने क्रममा शुक्रबार बिहान ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको छ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
261
Shares

प्रतिक्रिया