समाज


ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

फाइल फोटो


नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १६:५९, काठमाडौँ

प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो।

ट्राफिक कार्यालयमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गरे।

ट्राफिक कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको थियो।

ट्राफिक प्रहरीले उपत्यकाको गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभुलगायतका  क्षेत्रबाट उक्त सवारीसाधन फेला पारेको थियो।

ट्राफिक प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ९१ दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।

ट्राफिक कार्यालयले आव २०८०/०८१ मा ४१७ र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारीसाधन खोजेरसम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिकले सबैलाई अनुरोध गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad