समाज


बारा र पर्साका तीन पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

बारा र पर्साका तीन पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ५:५४,

बारा र पर्साका थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

‘बाराका दुइ र पर्साका एक जनामा कोरोना पोजिटिभ देखिएको छ, उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दैछौं', मेसु उपाध्यायले भने, 'भारतबाट डेढ महिनाअघि आएका उनीहरु क्वारेन्टिनमा रहेका थिए।’

संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

बुधबार पुष्टि भएका तीनै जना यसअघि वीरगन्ज–१६ का कोरोना संक्रमितसँगै दिल्लीको फर्किएका व्यक्ति भएको बताइएको छ।

आजका तीनजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। संक्रमितमध्ये १५ उपचारपश्चिात निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad