नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ गडारखोलानजिकै पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बिहान ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा प्र०२–०२२प ८९५५ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको सु प्र ०२–००१ख १३७१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक धादिङ निलकण्ठ नगरपालिका-५ का २६ वर्षीय शिवजी वस्ती गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा बिहान ५:२८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव सोही अस्पतालमा राखिएको छ।
स्कुटरमा पछाडि सवारी रहेकी उदयपुर गाइघाटकी २१ वर्षीया निरु शाह दाहिने खुट्टामा चोट लागेर घाइते भएको र उनको अवस्थालाई मध्यम रहेको अस्पतालले जनाएको छ।
231
Shares

प्रतिक्रिया