समाज


नारायणी पुलमा राति गाडी चलाउन रोक लगाइयो

नारायणी पुलमा राति गाडी चलाउन रोक लगाइयो

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १९:४९, काठमाडौँ

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिनका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

नारायणगढ–बुटवल सडक आयोजनाले बुधबार एक सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको हो।

आयोजनाका अनुसार, मंसिर ५ र ६ गते रातिको समयमा सवारी आवागमन रोकिनेछ। राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ।

आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad