नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच भएको पार्टी एकता सम्बन्धी वार्ता सकारात्मक बनेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न बैठकमा दुवै पक्षबाट छिट्टै निष्कर्षमा पुग्ने सहमति भएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले बताए।
दुवै पार्टीबीचको निर्णायक वार्ता भने भोलि दिउँसो ३ बजे नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने छ।
बैठकमा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल उपस्थित थिए।
यस्तै जसपातर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी भए।
363
Shares

प्रतिक्रिया