जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ परेका छन्।
एनपीएलको दोस्रो संस्करणका खेलाडीहरूलाई स्पोन्सर गर्ने भनि सामाजिक सञ्जालमार्फत सम्पर्क गरी हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा एक भारतीयसहित २ जना पक्राउ परेका हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भारत हरियाणा रानीमहाल पानीपतका दिलप्रित सिंह र बर्दियार घर भएको तर भारतको चण्डिगढ बस्ने रेविका सिंह ठकुरी पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।
108
Shares

प्रतिक्रिया