जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको खेल हुने कीर्तिपुरस्थित टीयू मैदानबाहिर भिड नगर्न आग्रह गरेको छ।
परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले आज बिहान सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
‘आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भएको जानकारी सम्बन्धित संस्थाबाट प्राप्त भएकोले टिकट नभएका सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई आफ्नो अनुकूल स्थानमै रहेर खेल हेर्न, खेलस्थल बाहिर भिड नगर्न र सुरक्षा व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्नुपर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ।’

120
Shares

प्रतिक्रिया