नेकपा एमालेले ‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्ने भएको छ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा ब्यानरसहित दिएको जानकारीअनुसार यही मंसिर ५ गते ‘नेसनल भोलेन्टिएर्स फोर्स’ केन्द्रीय कमान्ड घोषणा गर्न लागिएको हो।
यसका लागि मंसिर ५ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलामा घोषणा समारोह आयोजना गरिने ‘नेसनल भोलेन्टिएर्स फोर्स’ गठनका लागि गठित कार्यदलका संयोजकसमेत रहेका बस्नेतले बताएका छन्।

एमालेका जनवर्गीय संगठनको सूचीमा ‘नेसनल भोलेन्टिएर्स फोर्स’ पनि थपिने भएको हो। यसअघि युवा, विद्यार्थी, महिलालगायत २३ जनवर्गीय संगठन रहेको एमालेमा अब यसको संख्या २४ पुग्ने भएको छ।
204
Shares

प्रतिक्रिया