जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ को जेनजी आन्दोलनका क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ४१ को विजय लामा रहेका छन्।
लामालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कात्तिक २९ गते सोही स्थानबाट नियन्त्रणमा लिएको थियो।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
साथै, निज विजय लामा विरुद्ध यस पूर्व समेत प्रहरी वृत कालीमाटीबाट सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध (अभद्र व्यवहार) कसुरमा ५ वटा र केही सार्वजनिक अपराध कसुरमा २ वटा मुद्दा दर्ता भएको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।
Shares

प्रतिक्रिया