अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे।
‘राजस्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन,’ खनालले भने, ‘किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौं भने त्यस्तो अरु निकाय आवश्यक हुँदैन। सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन। त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ। केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्दछन्।’
उनले आफूू अब केही समय मात्रै मन्त्रीमा रहने भन्दै त्यतिबेलासम्म सुधारका काम गर्ने उल्लेख गरे। ‘मेरो कार्यकाल अब साढे ३ महिना मात्रै बाँकी छ, फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्नँ,’ खनालले भने, ‘त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला। त्यो बेला पनि आर्थिक सुधारका काम गर्न पाइन्न। त्यो बेलासम्म सुधारका कामहरु गर्नेछु।’
Shares

प्रतिक्रिया