समाज


कात्तिक ३०: मेषले अधुरा काम दोहोर्‍याएर गर्दा फाइदा हुने, मिथुनको स्वास्थ्यमा समस्या देखिने, तपाईँको के?

कात्तिक ३०: मेषले अधुरा काम दोहोर्‍याएर गर्दा फाइदा हुने, मिथुनको स्वास्थ्यमा समस्या देखिने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
कात्तिक ३०, २०८२ आइतबार ४:३९, काठमाडौँ

 

आज आइतबार, ३० कात्तिक २०८२ (१६ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: अधुरा वा रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ योजना बन्नेछ भने नयाँ ज्ञान सिक्ने अवसर पनि मिल्नेछ। लगनशीलताले अघि बढ्न मद्दत गर्नेछ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष: सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। अन्योलका बीच उन्नतिको नयाँ मार्ग खुल्नेछ। छोटो दूरीको यात्रा लाभदायक हुनेछ। शेयर बजारबाट फाइदा हुनेछ। साँझतिर केही खर्च बढ्न सक्छ।

भाग्यशाली रङ घ्यूरङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। झुट नबोल्ने।

मिथुन: स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन हो। सानो–सानो कुराले मन खिन्न हुन सक्छ। बेसुरमा वचन दिनाले समस्या आउन सक्छ। अभिभावकले त्रुटि औँल्याउँदा मन खिन्न बन्नेछ। यात्रामा सावधानी आवश्यक छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट: मनोरञ्जन र धार्मिक कार्यमा रुचि बढ्नेछ। विद्यामा सफलता मिल्नेछ। बोली बिक्ने समय भएकाले सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। प्रतीक्षित काम सफलता हुनेछन्। यात्रा गर्दा विशेष सावधानी आवश्यक छ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सेतो रङ प्रयोग नगर्ने।

सिंह: प्रतिस्पर्धा तथा परीक्षामा सफलता मिल्नेछ। रमाइलो घुमघामको अवसर मिल्न सक्छ। केही बाधाबाट निराश भए पनि उत्साह कायम रहनेछ। मनोरञ्जनात्मक तथा धार्मिक गतिविधिमासमेत संलग्न भइनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गर्ने। खरानी रङ प्रयोग नगर्ने।

कन्या: मनमा शान्ति बढ्नेछ। धार्मिक कार्यप्रति आकर्षण बढ्नेछ। प्रेम तथा दाम्पत्य जीवन मधुर बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। टाढाका साथीभाइसँग भेटघाट सम्भव छ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गर्ने। तामसीक भोजन नगर्ने।

तुला: मनमा दुबिधा र चिन्ता उत्पन्न हुन सक्छ। यात्रामा सामान हराउने सम्भावना छ। विश्वासपात्रलाई वचन दिँदा सावधानी अपनाउनु पर्नेछ। साँझतिर पुरानो साथीभेटले मन हलुका बन्नेछ।

भाग्यशाली रङ घ्यूरङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गर्ने। अखाद्य वस्तु सेवन नगर्ने।

वृश्चिक: रमाइलो र धार्मिक यात्राको योग छ। रोकिएका काम पूरा हुनेछन्। नयाँ अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। शुभ समाचार सुन्न सकिनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रजको सुझाव लिने। दक्षिण दिशातर्फ नजाने।

धनु: अध्ययन, अध्यापनमा प्रगति हुनेछ। धैर्यले नयाँ अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरेका प्रयासले लाभ मिल्नेछ। व्यापार–व्यवसाय राम्रो देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गर्ने। लामो यात्रा नगर्ने।

मकर: सञ्चार तथा प्रविधिको प्रयोगले दैनिकी सहज बन्नेछ। पारिवारिक–धार्मिक क्रियाकलापमा सहभागिता जनाइनेछ। शिक्षामा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गर्ने। उत्तर दिशा नजाने। 

कुम्भ: आत्मविश्वास घट्नसक्छ। झन्झटिलो कामको जिम्मेवारी आउनेछ। मन भावुक बन्न सक्छ। मध्यदिनपछि आफन्तको सहयोगले काम अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गर्ने। खैरो रङ प्रयोग नगर्ने।

मीन: साथीभाइको भेटले मन प्रफुल्ल हुनेछ। ज्ञान तथा बुद्धिको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गर्ने। कालो रङ प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad