काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) १० डिग्री सेल्सियसबाट तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको हो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
126
Shares

प्रतिक्रिया