समाज


जेनजी आन्दोलनमा कालीमाटी क्षेत्रमा तोडफोड गर्ने एक जना पक्राउ

जेनजी आन्दोलनमा कालीमाटी क्षेत्रमा तोडफोड गर्ने एक जना पक्राउ

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १८:३, काठमाडौँ

कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठ रहेका छन्। 

उनले भदौ २४ गते प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले आरोप लगाएको छ।

श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा पाँच निको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad