समाज


‘जेनजी’ आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

२५७२ घाइतेमध्ये ११ जना अझै उपचारमा
‘जेनजी’ आन्दोलनका घाइतेलाई चार श्रेणीमा वर्गीकरण

‘जेनजी’ प्रदर्शनका घाइतेलाई भेट्दै प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १२:५५, काठमाडौँ

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार वर्गमा वर्गीकरण गरेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार श्रेणीमा विभाजन गरेको जानकारी दिए। उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा घाइतेलाई विभाजन गरिएको छ । 

सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो। 

घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको हो। 

जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३  र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ। 

वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ। सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ। 

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए। तीमध्ये ११ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण कार्य सहज बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनेगरि ८ सदस्यीय समिति गठन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad