हरेक दिनझैँ मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) पनि तीन दिनसम्मको मौसम प्रक्षेपण गरेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यकाका केही स्थानमा बिहानीपख हुस्सु लागेको छ।
यस्तो छ मौसम महाशाखाले ३ दिनसम्मका लागि गरेको मौसम प्रक्षेपण:
कात्तिक २८ गते (शुक्रबार)
दिउँसोः कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति: कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कात्तिक २९ गते (शनिबार)
दिउँसोः कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति: कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कात्तिक ३० गते (आइतबार)
दिउँसोः कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
राति: कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
Shares

प्रतिक्रिया