अपराध


काठमाडौं प्रहरीले माग्यो अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका कागजात

काठमाडौं प्रहरीले माग्यो अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका कागजात

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ८:३२, काठमाडौँ

जेनजी आन्दोलनको समयमा अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका कागजात र विवरण उपलब्ध गराउन काठमाडौं प्रहरीले आग्रह गरेको छ।

जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते काठमाडौंका धेरै प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो। त्यस क्रममा थुप्रै कागजात तथा दस्तावेज जेलर नष्ट भएका छन्। 

त्यसमध्ये कतिपय अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका मिसिल कागजात पनि जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जनाएका छन्। जसले गर्दा थप अनुसन्धान गर्न समस्या भएको छ। त्यसैले प्रहरीले त्यो समयमा अनुसन्धानका क्रममा रहेका मुद्दाका कागजात उपलब्ध गराउन आग्रह गरेको हो। 

काठमाडौं प्रहरीले भनेको छ, ‘काठमाडौं जिल्ला अन्तर्गतका प्रहरी एकाईहरूमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू समेत जली नष्ट भएकाले सो समयमा अनुसन्धान प्रक्रियामा रहेका पीडित÷निवेदक जाहेरवालाहरूले आफूसँग भएका कागजात, अन्य विवरण सहित यथाशिघ्र सम्बन्धित वृत तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्र्क राख्न हुन अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad