समाज


परिवारसँग बसेका र क्वारेन्टिनबाट बाहिरिएका दुई पुरुषमा कोरोना पुष्टि

परिवारसँग बसेका र क्वारेन्टिनबाट बाहिरिएका दुई पुरुषमा कोरोना पुष्टि

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ६:३०,

रौतहटका थप दुई पुरुष कोरोना संक्रमित देखिएका छन्। मंगलबार कोरोना संक्रमण पुष्टि भएकाे हो।

रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसकाे संक्रमण देखिएकाे दुवै नगरका अध्यक्षले पुष्टि गरेका छन्।

ती मध्ये एक जना भारतबाट आएर दुई दिन परिवारसँग बसेरमात्रै क्वारेन्टिनमा बसेको र अर्का व्यक्ती क्वारेन्टिन अवधि सकाएर घर फर्किएका थिए।

उपचारका लागि दुवै संक्रमितलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेलले नेपालखबरलाई जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तीमध्ये १६ जना निकाे भइसकेका छन्।  

देवाही गोहानी नगरपालिकाका वडा नम्बर १ करैनियाका संक्रमित ३५ वर्षीय पुरुष दिल्लीबाट बैशाख ४ गते नेपाल आएको पटेलले बताए।

‘दुई दिन घरमा बसेपछि हामीले थाहा पायौं र क्वारेन्टिनमा राख्यौं,’ उनले भने, ‘चार पाँच दिनअघि जनकपुरबाट स्वास्थ्य टोली आएर स्वाव संकलन गरेको थियो। काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजिटिभ देखिएको हाे। उनलाई वीरगञ्ज पठाउने तयारी भैरहेको छ।’

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय अर्का पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको नगरप्रमुख रामस्नेही यादवले जनाए। भारतबाट आएका उनलाई स्थानीय क्वारेन्टिनमा राखिएको थियो।

जनकपुरबाट आएको टोलीले उनको स्वाव संकलन गरी त्यहीँ गरीएको परीक्षणमा भने नेगेटिभ आएपछि उनलाई छोडिएको थियो। तर, काठमाडौंमा गरिएको पुनः परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई पुनः नियन्त्रणमा लिइएको नगरप्रमुख यादवले जनाए।

कोलकत्ताबाट आएका उनलाई चैत २२ गते क्वारेन्टिनमा राखिएको थियो। जनकपुरको टोलीले स्वाव संकलन गरी त्यहीँ गरिएको परीक्षणमा नेगेटिभ आएपछि बैशाख ६ गते उनलाई क्वारेन्टिनबाट छाडिएको थियो।

क्वारेन्टिनबाट छाडिएको १० दिनपछि मंगलबार काठमाडौंमा गरिएको परीक्षणमा पोजिटिभ देखिएको नगरप्रमुख यादवले बताए।

‘क्वारेन्टिनमा बसेका उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बैशाख ६ गते छोडिएको थियो,’ उनले भने, ‘काठमाडौंबाट भने रिपाेर्ट पोजिटिभ आएपछि उनलाई नियन्त्रणमा लिइसकिएको छ। अहिले उनको अवस्था सामान्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad