समाज


पेन्टागनले आधिकारिक रुपमा उडन तस्तरीको भिडियो सार्वजनिक गर्‍यो

पेन्टागनले आधिकारिक रुपमा उडन तस्तरीको भिडियो सार्वजनिक गर्‍यो

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ६:४२,

पेन्टागनले इन्फ्रारेड क्यामेराले कैद गरेको अज्ञात उडन तस्तरीको तीनवटा भिडियो जारी गरेको सीएनएनले जनाएको छ।

सार्वजनिक भएको भिडियोमा अज्ञात उडन तस्तरी तिव्र गतिमा उडिरहेको देख्न सकिन्छ।

भिडियोमा तिव्र गतिमा उडिरहेको वस्तु देखेर सेनाहरु आश्चर्यमा परेको कुरा गरिरहेको सुन्न सकिन्छ। एक जनाले उक्त वस्तु ड्रोन भएको हुनसक्ने भन्ने अनुमान लगाएका छन्।

अमेरिकी नौसेनाले उडन तस्तरीको भिडियो सार्वजनिक भएपछि गत वर्षको सेप्टेम्बरदेखि नै यसबारे अध्ययन गरिरहेको थियो।

यसअघि केही निजी कम्पनीले यूएफओको भिडियो सार्वजनिक गरेपनि त्यसको सत्यताबारे पेन्टागनले केही बोलेको थिएन।

पेन्टागनका प्रवक्ता सु गफका अनुसार उडन तस्तरीरको सार्वजनिक भएको भिडियो सत्य हो भनेर पुष्टि गर्न आधिकारिक रुपमा पेन्टागनले नयाँ भिडियो सार्वजनिक गरेको हो।

गफले भनेका छन्,‘विस्तृत समीक्षापछि विभागले भिडियोहरुको आधिकारिक विज्ञप्तिले कुनै सम्वेदनशील क्षमता वा प्रणाली प्रकट गर्दैन भन्ने निर्धारित गरिसक्यो।’ सीएनएन

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .