समाज


कोरोना सार्ने युवक निको भएर गइसके तर उनको पाँचौं रिपोर्टमा पनि भाइरस

कोरोना सार्ने युवक निको भएर गइसके तर उनको पाँचौं रिपोर्टमा पनि भाइरस

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ५:५७,

विदेशबाट आएका आफन्तबाट कोरोना संक्रमण सरेकी कैलालीकी महिलाको पाँचौं परीक्षणको नतिजा पनि भाइरसयुक्त नै आएको छ।

कोरोना संक्रमण सरेपछि २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीया महिलाको पाचौं रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ।

उनीबाटै नेपालमा कोरोना संक्रमण दोस्रो चरण (लोकल ट्रान्समिसन) सुरु भएको हो। दुबईबाट आएका परिवारकै पुरुष सदस्यबाट उनलाई कोरोना संक्रमण सरेको थियो। ती युवक भने कोरोनामुक्त भएर केही दिनअघि नै घर फर्किसकेका छन्।

यसअघि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना कोरोना संक्रमित उपचारमा थिए। जसमध्ये ती युवकसमेत गरेर ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। अहिले परिवारका सदस्यबाट कोरोना संक्रमण भएकी ती महिला मात्र बाँकी रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad