ad ad

समाज


बिहीबारसम्मै हावाहुरी, चट्याङ र असिना-पानीको सम्भावना (३ दिनको मौसमी अनुमानसहित)

बिहीबारसम्मै हावाहुरी, चट्याङ र असिना-पानीको सम्भावना (३ दिनको मौसमी अनुमानसहित)

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ०:४५,

आज (मंगलबार)देखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।

‘अहिले पनि देशको पूर्वी भूभागमा वर्षा भइरहेको छ,’ मंगलबार बिहान मौसमविद् सजिना शाक्यले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि सबैतिर मौसम बदली भई वर्षाको सम्भावना देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाद्वारा मंगलबार बिहान ६ बजे प्रकाशित आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ- 

देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ।

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरीसहितको वर्षा भइरहेको हो।

हेरौं, मौसम महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानः
वैशाख १६ गते मंगलबार
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १७ गते बुधबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १८ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .