ad ad

समाज


यसरी घट्दै छ विश्वभर नै कोरोनाको संक्रमण र मृत्यु दर

यसरी घट्दै छ विश्वभर नै कोरोनाको संक्रमण र मृत्यु दर

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ०:४३,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र त्यसबाट हुने मृत्यु दरमा विश्वभर नै कमी आउन थालेको छ।

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १२ सय ३७ जनाको मात्रै मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। यो दुई दिनअघिको तुलनामा आधाले कमी हो। आइतबार अमेरिकामा यसको संक्रमणबाट ११ सय ५७ जनाको ज्यान गएको थियो।

केही दिनअघि त्यहाँ कोरोना संक्रमणबाट एक दिनमै २८ सयभन्दा बढीको मृत्यु भएको थियो।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो। सोमबार त्यहाँ संक्रमण दर पनि घटेको छ। सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १० लाख ८ हजार नाघेको छ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए। सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मात्रै मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार २ सय ३ पुगेको छ। संक्रमितको संख्या ३० लाख ५९ हजार नाघेको छ। अहिलेसम्म ९ लाख २० हजार जति उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट स्पेनमा ३३१, इटालीमा ३३३, फ्रान्समा ४३७, युकेमा ३६०, ब्राजिलमा २७२, क्यानाडामा १४४, बेल्जियममा ११३ जनाको मृत्यु भएको छ।

अहिलेसम्म इटालीमा करिब २६ हजार ९ सय ७७ जना, स्पेनमा २३ हजार ५२१, फ्रान्समा २३ हजार २९३, युकेमा २१ हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ९ सय ३९ पुगेको छ भने संक्रमित २९ हजार ४५१ पुगेका छन्।

त्यहाँ सोमबार मात्रै १५ हजार ६१ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .