त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आएको कारण शनिबार दिउँसो हवाई उडानमा असर परेको छ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा विमानको अवतरण सम्भव नभएको हो। 
यस कारण करिब ५ वटा उडान होल्डमा राखिएका छन्। उनले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान र अवतरण रोकिएको जानकारी दिए।
शेर्पाले समस्या शनिबार साँझ ५ : ३० बजेदेखि सुरु भएको र रनवे लाइटिङ प्रणाली मर्मत भइरहेको बताए।
429
Shares

प्रतिक्रिया