समाज


सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक हुन् : गृहमन्त्री अर्याल

सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक हुन् : गृहमन्त्री अर्याल

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १६:२४, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले नागरिक स्तरबाट सहयोग आवश्यक रहेको बताए। ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्छ,’ गृहमन्त्री अर्यालले भने,  ‘त्यो अवस्था सत्ता परिवर्तनको मात्र नभएर सुरक्षा संकट पनि निम्त्याउन सक्छ। अहिले सम्म ७ सय १० वटा हतियार फिर्ता भइसकेको छ, कतिपय डढेका पनि छन्। केही हतियार अझै फिर्ता हुन बाँकी छ।’

उनले जारी आन्दोलनमा १४ हजार ५ सय ४९ जना कैदीबन्दी फरार भएकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै ५ हजार १ सय ५ जना बाहिर रहेको जानकारी दिए।

‘अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन्। हतियार र कैदीबन्दी फिर्ता गर्न पटक–पटक सूचना निकालेर अनुरोध गरिसकेका छौं। तर अझै बाहिर हुनुहुन्छ, त्यसको लागि विशेष अपरेशन सञ्चालन गर्नेछौँ। यसमा नागरिकको सहयोग आवश्यक छ,’ अर्यालले भने।

कानुनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै भने, ‘सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक हुन्। निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु हो। सरकारले थप रचनात्मक भएर अघि बढ्ने प्रतिवद्धता जनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad