राजनीति


औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की

औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की

तस्बिरः सरोज नेपाल


नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १६:३६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेकी छिन्।

उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले औद्योगिक-व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य भएको समेत बताइन्।

‘यो आन्दोलनमा केही उच्छृंखल समूहहरूले राज्यबिहिनताको फाइदा उठाउँदै औद्योगिक-व्यापारिक क्षेत्रमा गरेको आक्रमण हामीलाई अस्वीकार्य छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले निजी क्षेत्रलाई आत्मविश्वास जगेर्न आवश्यक राहत र सहयोग प्रदान गर्न सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिँदै थपिन्, ‘उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत सहयोग पुर्‍याउँदै आत्मविश्वास जगेर्न सरकार कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहान्छु।’

भिडिओ

 

कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाइन्। ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त हो,’ उनको भनाइ छ, ‘राजकीय सम्पत्तिमा राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकटपूर्ण प्रणालीप्रति हामी सजग छौँ। कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन। सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ।’

उनले उद्योगी व्यवसायीहरूको योगदानको महत्वलाई औँल्याउँदै थपिन्, ‘तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन्। उद्योगी व्यवसायीहरूले केवल कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसंख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता पनि दिएका छन्। उद्योग व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad