ad ad

समाज


 भारतले बनाउँदैछ कोरोनाविरुद्ध यस्तो खालको खोप

 भारतले बनाउँदैछ कोरोनाविरुद्ध यस्तो खालको खोप

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ७:७,

भारत विश्वमै धेरै मात्रामा औषधि र खोप उत्पादन गर्ने मुलुकमा पर्छ। विश्वका आधाजति ठूला र केही साना खोप उत्पादनकर्ता भारत नै हो।

उसले पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बीसीजी, दादुरा, हाडे र रुबेलालगायत रोगविरुद्ध खोप बनाइसकेको छ।

अहिले भने भारतका आधाभन्दा बढी यस्ता कम्पनी कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप विकासमा जुटिरहेका छन्।

तीमध्ये धेरै मात्रामा खोप बनाउने र बिक्री गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिट्युट अफ इन्डियाले अहिले अमेरिकी बायोटेक कम्पनी कोडाजेनिक्ससँग मिलेर कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रयास गरिरहेको छ।

जसले भाइरसलाई जीवित रहन दिने तर त्यसका खराब गुण हटाउने खालको खोप निर्माण गरिरहेकाे छ। 

सिरम इन्स्टिट्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले यो खोप यही महिना जनावरमा परीक्षण गर्ने योजना रहेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सेप्टेम्बरसम्म मानिसमा परीक्षण गर्न सक्नेछौं।’

उनको कम्पनीले अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको र ब्रिटिस सरकारले समर्थन गरेको खोप ठूलो मात्रामा बनाउन पनि सहकार्य गरिरहेको छ।

अक्सफोर्डले विकास गरिरहेको नयाँ खोपको आधार चिम्पान्जीबाट प्राप्त भाइरसको अनुवांशिक संरचनामा परिवर्तित रूप हुनेछ।

जुन खोप बिहीबार मानिसमा परीक्षण सुरु गरिएको छ। यसेको प्रभाव राम्रो देखियो भने सेप्टेम्बरसम्ममा यो कम्तीमा १० लाख वटा बनाइसक्ने वैज्ञानिकको विश्वास छ।

यस्तै जाइडस क्याडिला कम्पनीले दुई किसिमका खोप बनाइरहेको छ भने इन्डियन इम्युनोलोजिकल्स र माइनभ्याक्सले पनि एकरएकवटा खोपको विकास गरिरहेका छन्।

तर विज्ञले यस्ता खोप तत्काल बजारमा आउने अपेक्षा नगर्न मानिसलाई चेतावनी दिइरहेका छन्।

लन्डनस्थित इम्पेरिअल कलेजका स्वास्थ्यसम्बन्धी प्राध्यापक डेभिड नबारोले खोपको सफल विकास हुन्छ नै भन्ने कुन ग्यारेन्टी नभएकाले अहिलेलाई कारोना भाइरसबाट बच्ने उपायमै ध्यान दिन सुझाव दिएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .