समाज


जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १७:४९, काठमाडौँ

मुग्लिन-नारायणगढ सडकखण्डको जलविरे नजिक सुख्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी बनेको छ।

सडक डिभिजन भरतपुरका अनुसार साँझ करिब ५ः१० बजे खसेको पहिरोले बाटोको एक भाग अवरुद्ध गरेको हो। पहिरो पन्छाउन मेसिन पठाइएको र करिब १ देखि २ घण्टाभित्र सडक दुबै तर्फ सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले बताएको छ।

सडक क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको भन्दै डिभिजनले सवारी चालकहरूलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad