समाज


जेनजी आन्दोलनको बेला उपत्यकामा खटिएका प्रहरी कमान्डरको सूची पुग्यो जाँचबुझ आयोग, बयानको तयारी

जेनजी आन्दोलनको बेला उपत्यकामा खटिएका प्रहरी कमान्डरको सूची पुग्यो जाँचबुझ आयोग, बयानको तयारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १२:५२, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा  उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची जाँचबुझ आयोगमा पठाएको छ।

भदौ २३ र २४ गते कुन कमाण्डर कुन क्षेत्रमा खटिएका थिए भन्ने जानकारीसहित आयोगमा सूची बुझाइएको हो। 

यसअघि नै आयोगकले उनीहरूको सूची माग गरेको थियो। तर प्रहरीले भने आन्दोलनमा आईजीपीदेखि जवानसम्म फिल्डमै खटिएको भन्दै व्यक्ति तोकेर सूची बुझाउन आनाकानी गरेको थियो। 

तर बुधबार आयोगले यहि कारण देखाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूलाई असहयोग गरेको ठहर गर्दै स्पष्टिकरण माग गरेको थियो। 

जाँचबुझ आयोगले प्रहरीलाई पटक पटक विवरण माग गर्दै पत्राचार गरेको थियो। प्रहरीले यसअघि नै आन्दोलनको समयका फिल्ड कमाण्डरहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ। 

काठमाडौँ उपत्यकाका अधिकांस क्षेत्रमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डरमा टोली खटिएका छन्। प्रहरी वृत्तहरूले आ आफ्नो क्षेत्र हेरेका छन्। सबैभन्दा बढी क्षति भएको नयाँ बानेश्वर क्षेत्रमा भने प्रहरी उपरीक्षक एसपी र एसएसपी समेत फिल्डमा पुगेका थिए। 

तर, उनीहरू सबै सरुवा भइसकेका छन्। जेनजी आन्दोलनपछि काठमाडौँ उपत्यकाका अधिकांस प्रहरी कमाण्डरहरू हेरफेर गरिएको छ। 

प्रहरीले जाँचबुझ आयोगमा सूची पठाएसँगै अब आयोगले उनीहरूको बयान सुरु गर्ने भएको छ। यसअघि आयोगले फिल्ड निरीक्षण गरेको थियो। नक्खु कारागारका जेलर र बन्दी रवि लामिछानेसँग बयान लिएको थियो। 

अब प्रहरीको बयान सुरु गर्ने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। 

सुरुमा फिल्ड कमाण्डरको बयान गराएपछि विस्तारै उच्च तहसम्म पुग्ने आयोगको तयारी छ। आयोगलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतसँग पनि बयान लिनु पर्ने दबाब छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad