हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल क्षेत्रमा आंशिक बदली (आकाशमा पातलो बादल) रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग पूरै सफा) छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो देशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
यस्तै आज राति कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।
Shares

प्रतिक्रिया