समाज


साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव उपाध्यायविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव उपाध्यायविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ९:२८,

साइबर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथावाभी टिप्पणी गरेको भन्दै  उपध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

तीन दिनको अनुसन्धानपछि प्रहरीले विद्युतीय कारोवार ऐनको दफा ४७ बमोजिम पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको साइवर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए।

‘अनुसन्धान पुरा गरी हदैसम्मको सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छौँ’, एसएसपी अर्यालले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad