समाज


एक नर्समा कोरोनाको संक्रमण देखिएपछि दिल्लीको अस्पताल नै बन्द

एक नर्समा कोरोनाको संक्रमण देखिएपछि दिल्लीको अस्पताल नै बन्द

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ९:२३,

भारतको दिल्लीमा एक नर्समा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी आवद्ध अस्पताल नै बन्द भएको छ।

हिन्दु राओ दिल्लीको सबैभन्दा ठूलो अस्पतालमध्ये एक हो। सोही अस्पतालमा कार्यरत नर्समा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल पुरै बन्द गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

नर्थ पिल्ली म्युनिसिपल कर्पोरेसनका आयुक्त वर्षा जोशीका अनुृसार कोरोना देखिएकी नस अस्पतालका विभिन्न वार्डमा खटेकी थिइन्। सोही कारण अस्पताल नै बन्द गर्न बाध्य भएको उनको भनाइ छ।

अस्पताल भर किटनाशक औषधि छर्किएपछि मात्र उक्त अस्पताल संचालनमा आउने जनाइएको छ।

हालसम्म भारतमा २६ हजार ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ ८२५ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad