समाज


हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, बुधबारसम्म पदयात्रा नगर्न मुस्ताङ प्रशासनको सूचना

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, बुधबारसम्म पदयात्रा नगर्न मुस्ताङ प्रशासनको सूचना

हिउँले ढाकेको मुक्तिनाथ मन्दिर। तस्बिर : जिल्ला प्रशासन कार्यालय मुस्ताङ


नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार ९:२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्न/नगराउन सुझाव दिएको छ। 

जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले स्थानीय प्रशासनले सूचना जारी गरी पदयात्रा नगर्न आग्रह गरेको हो। 

यसैबीच मुस्ताङको मुक्तिनाथ मन्दिर आसपास हिमपात भएको छ। 

हेर्नुहोस् मुस्ताङ प्रशासनको सूचना-

विषय- सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८२ कार्तिक १० देखि १२ गतेसम्म उच्च हिमाली क्षेत्र (मुस्ताङ) जिल्लाको मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्नु/नगराउनु हुन साथै यस जिल्लाको अन्य भागमा समेत हिमपात/वर्षाको सम्भावना रहेकोले पर्यटक/तिर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।

विष्णुप्रसाद भुसाल (प्रमुख जिल्ला अधिकारी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad