समाज


स्रोत नखुलेको ७० लाख नगद तथा सुनसहित नेपाली र चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ७० लाख नगद तथा सुनसहित नेपाली र चिनियाँ नागरिक पक्राउ

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १८:२४, काठमाडौँ

काठमाडौंबाट स्रोत नखुलेको नगद रु. ६९ लाख ८५ हजार र सुनका गहनासहित सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका २ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने वर्ष २२ की रोजिना सुनार र चीनको बेइजिङ घर भइ नागार्जुन नगरपालिका २ बस्ने वर्ष ३८ को जिओ याङ रहेका छन्।

पक्राउ परेकी रोजिना गत २०७९ असोज ४ र २०७९ फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूर मुद्दा दर्ता भइ फरार रहेको समेत देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

कात्तिक ५ गते अन्दाजी ११ बजेको समयमा नागार्जुन नगरपालिका २ सानोभर्‍याङ वडा एरियामा कानुन विपरीत आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि हुन्डी कारोबार गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूसँग नेपाली नगद ६९ लाख ८५ हजार रुपैयाँसहित सुन जस्तो देखिने पहेँलो धातुको नेकलेश, झुम्का थान - २/२, बाला थान - ४, विभिन्न साईजको औँठी थान - ३, नत्थि, सिरबन्दी थान - १/१ बरामद भएको छ। 

यस्तै, विभिन्न कम्पनीको मोबाइल थान- ५, एप्पल म्याकबुक प्रो थान - १, बागमती प्रदेश ०१-०३१ च ५२६२ नम्बरको बीवाईडी कार, रोजिना सुनारको नागरिकता, जिओ याङको राहदानी तथा विभिन्न बैंक तथा सहकारी संस्थाहरूका चेकबुक थान - ४ पनि प्रहरीले बरामद गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad