ad ad

समाज


चितवनका २७ वर्षीय युवाले जिते कोरोनालाई, डिस्चार्ज भए पनि आमासँग जाने भन्दै घर जान मानेनन्

चितवनका २७ वर्षीय युवाले जिते कोरोनालाई, डिस्चार्ज भए पनि आमासँग जाने भन्दै घर जान मानेनन्

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १२:३४,

कोरोना भाइरसको संक्रमण भएपछि चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय युवा निको भएपछि डिस्चार्ज भएका छन्।

लगातार दुईपटक नमूना परीक्षणको नतिजा नेगेटिभ आएपछि शनिबार दिउँसो ती युवा डिस्चार्ज भएका हुन्।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले उनको डिस्चार्ज गरिएको जानकारी दिए।

ती युवाकी ६३ वर्षीया आमा अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत छिन्। आमा अस्पतालमै रहेका कारण ती युवाले पनि अस्पतालमै बस्ने ईच्छा व्यक्त गरेपछि अस्पतालले उनका लागि छुट्टै व्यवस्था गरेको जनाएको छ।

गत चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका-८ ब्रह्मनगरका ती आमा–छोरामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो।

अहिलेसम्म ४९ संक्रमितमध्ये १२ जना निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .