ad ad

प्रविधि


चीनले केही महिना भित्रै मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने

चीनले केही महिना भित्रै मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १२:३२,

शुक्रबार चीनको अन्तरिक्ष संस्थाले मंगल ग्रह अभियानको नाम सार्वजनिक गर्दै आफूहरुले आगामी केही महिना भित्रै मंगल ग्रहको अध्ययन गर्न त्यसतर्फ अन्तरिक्ष यान पठाउने बताएको हो।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन सीएनएसएले आफ्नो मंगल ग्रह अभियानको नाम ‘तियनवेन १’ राखेको छ।

चिनियाँ भाषामा तियनवेनको अर्थ ‘स्वर्गीय सत्यको खोजी’ हुन्छ। यस शब्द चीनको प्रख्यात कवि क्यू युआनको कविताबाट साभार गरिएको जनाइएको छ।

अमेरिका र रुसले मात्र हालसम्म मंगल ग्रहमा आफ्नो रोवोटिक यान अवतरण गराएको छ। यस्तै युरोपियन स्पेस एजेन्सी र भारतले उनीहरुका अन्तरिक्ष यान यस रातो ग्रहको कक्षसम्म पुर्याएका छन्।

सन् २०२१ जुलाईभन्दा अगाडि नै चीनको अन्तरिक्ष यान मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .