समाज


देशलाई नै गाली गरेको भिडिओ भाइरल भएपछि अमनप्रताप अधिकारीविरुद्ध चर्को आक्रोश

देशलाई नै गाली गरेको भिडिओ भाइरल भएपछि अमनप्रताप अधिकारीविरुद्ध चर्को आक्रोश

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार २०:०, काठमाडौँ

पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अमनप्रताप अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका छन्। 

जेनजी आन्दोलन बेलाको उनी आफैँले आफ्नो फेसबुकमा राखेको भिडिओ अहिले एकाएक चर्चामा आएपछि उनी विवादमा परेका हुन, जहाँ उनको प्रस्तुती र शब्द चयनका कारण आलोचना भएको देखिन्छ। 

संसद् भवन जलिरहेको पृष्ठभूमि रहेको भिडिओमा अधिकारीले नेताहरुलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। त्यति मात्रै होइन, उनले ‘सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य...’ भन्दै आक्रोश पोखेका छन्। 

प्रख्यात गीतकार तथा कवि दिवंगत क्षेत्रप्रताप अधिकारीका छोरा समेत रहेका उनीबाट त्यस्तो व्यवहार भएको भन्दै धेरैले उनीसँग चित्त दुखाएको देखिन्छ।

धेरैले उनलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना समेत गरेका छन्। 

पूरानो भिडिओ एकाएक चर्चामा आएर आफ्नो आलोचना हुँदासम्म पनि उननले यसप्रति अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। 

अधिकारी फुटबल कमेन्टेटर हुने भने उनले ‘हिमालयन रोडिज’को होस्ट गरेका थिए। त्यस्तै ‘द पोयट आइडल’का उनी परिकल्पनाकार र निर्देशक पनि हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad