समाज


प्रदर्शन गर्न गएका ५० जना माइतीघरबाट पक्राउ

प्रदर्शन गर्न गएका ५० जना माइतीघरबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १२:४६, काठमाडौँ

स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न गएक ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। 

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ। नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन्। 

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले  स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको दाबी गरे। 

उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए। 

‘हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ। तर हामीलाई रोकियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति पाएनौँ, दिइएन,’ खनालले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad