जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटबाट तीन थान गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो।
शंका लागेपछि खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बर्दिया घर भइ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौँको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगर छन्।
उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ।
सुरुमा पक्राउ परेका गिरीको बयानका आधारमा झापाका थापामगर पक्राउ परेका हुन्। थापा मगरको कोठाबाट ३११/२३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ।
प्रहरीले प्रयोग गर्ने बेल्ट र अरु सामग्री समेत उनीहरुबाट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया