राजनीति


ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीले देखाइन् चासो

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीले देखाइन् चासो

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १०:५२, काठमाडौँ

ह्यात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। ह्यात होटल बन्द भएको र त्यहाँ कर्मचारीलाई प्रवेशलाई निषेध गरिएको सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी हुन्।

ह्यात होटल सञ्चालनका लागि सुरक्षा लगायत आवश्यक जेजे सहयोग गर्नुपर्छ, त्यो गर्न सरकार तयार रहेको प्रधानमन्त्री कार्कीले बताएकी छन्। 

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन्। 

त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन्।

खनालले भने, ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

यसबारे भोलि (आइतबार) होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad