ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार बिकलाई पेस्तोल र ४ लाख ७८ हजारसहित पक्राउ गरिएको जानकारी दिए।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका–२३ धापाखेलमा बस्दै आएका थिए। ‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान–१, नगद र मोबाइल फोन पनि बरामद भएको छ।’
विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए। रासस
63
Shares

प्रतिक्रिया