बझाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा केन्द्रका अनुसार बुधबार राति १० बजेर ४७ मिनेट जाँदा बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो।
सो भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र थियो।
नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन्।
195
Shares

प्रतिक्रिया