साउदी अरबमा कोर्रा हान्ने ‘छडीले हिर्काउने’ सजायलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको छ।
आफ्नो निर्देशनमा अदालतले भनेको छ,‘कोर्रा हान्ने सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउनुपर्छ।’
मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोर्राले हिर्काउने चलन छ। यस सजाय महिलामा पनि लागू छ।
मानव अधिकारवादीहरुले कोर्राले हिर्काउने सजायले मानवअधिकारको उल्लंघन गरेको बताउँदै आएका थिए।
कोर्रा हान्ने सजाय खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया