समाज


नेपाल संवत्‌को शुभकामना दिँदै राष्ट्रपतिले सम्झिए शंखधर सा:ख्वा

नेपाल संवत्‌को शुभकामना दिँदै राष्ट्रपतिले सम्झिए शंखधर सा:ख्वा

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार ८:३९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४६ प्रारम्भ भएको अवसरमा शुभकामना दिँदै राष्ट्रिय विभूति शंखधर सा:ख्वाको स्मरण गरेका छन्। 

उनले नेपाल सम्वतको अवसरमा आज समस्त देशवासीलाई शुभकामना दिँदै सा:ख्वाले गरेका जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपाल संवत् ११४६ ले नि:स्स्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवं कटिबद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

‘लिच्छवि राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको सन्दर्भमा हाम्रा चाडपर्व र सांस्कृतिक अभ्यास दर्शाउने यस्ता परम्पराहरूले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका छन्।’

साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरेर नेपाल संवत्‌ सुरु गरिएको हो। यस संवत्‌को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ। 

नेपाल संवत्‌ काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेष रूपमा मनाउने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad