समाज


कञ्चनपुरमा १६ दिनमा १ हजारको आरडीटी विधिबाट काेराेना परीक्षण

कञ्चनपुरमा १६ दिनमा १ हजारको आरडीटी विधिबाट काेराेना परीक्षण

गोकुल जोशी
बैशाख १३, २०७७ शनिबार ५:४३,

कञ्चनपुरमा कोरोना आशंकामा १६ दिनभित्र द्रुत परीक्षण विधि र्‍यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) बाट झण्डै १ हजार मानिसको रगत परीक्षण गरिएको छ।

तीमध्ये दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

गत चैत्र २७ गतेदेखि सुरु गरिएको आरडीटी परीक्षण जिल्लाका नौ वटै स्थानीय तहमा गरी हालसम्म ९ सय ७९ जनामा गरिएको छ।

भारतबाट आएका, क्वारेन्टिनमा बसेका तथा भारतीय सीमासंग जोडिएका गाउँमा आरडीटी टेस्ट लक्षित गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

उनका अनुसार जिल्लाको नौ वटै स्थानीय तहलाई आरडीटी टेस्टका लागि किट उपलब्ध गराइएको छ।

Kanchanpur RDT 1

कञ्चनपुरका लागि २ हजार ८ सय किट प्राप्त भएको छ। १६ दिनको अवधिमा हालसम्म भीमदत्त नगरपालिकामा ४ सय २७ जना, बेदकोट नगरपालिकामा एक सय ७९ जना, महाकाली नगरपालिकामा ३८ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, कृष्णपुर नगरपालिकामा १ सय ५२ जना, पुनर्वास नगरपालिकामा ४८ जना, बेलौरी नगरपालिकामा ४१ जना, बेलडाँडी गाउँपालिकामा २६ जना र लालझाँडी गाउँपालिकामा १५ जनाको आरडीटी टेस्ट गरिएको छ।

तीमध्ये भीमदत्त नगरपालिका–७ र १८ का गरी दुई जनामा आरडीटी रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

आरडीटी रिपोर्ट पोजिटिभ आएका दुई जनालाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरभाइजर नारद भट्टले बताए।

‘आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि आइसोलेसनमा राखिएको छ, उनिहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ,’ उनले भने। आरडीटी परीक्षणमा शरीरमा एन्टीबडी रहे–नरहेको जाँचिन्छ।

Kanchanpur RDT 3

आरडीटीमा पोजिटिभ देखिए पनि पीसीआरमा कोरोना भाइरस नेगेटिभ देखिन सक्छ। पीसीआर परीक्षणमा समेत उनीहरुको रिपोर्ट पोजिटिभ देखायो भने मात्र उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .