समाज


कोरोना भाइरसको संक्रमणबाट बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ६:१६,

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट बेलायतमा एक जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।

३७ वर्षकी केटी डेभिस र एमा डेभिसको साउथअ्याम्पटन जनरल अस्पिटलमा गत मंगलबार राति मृत्यु भएको बीबीसीले जनाएको छ।

एकलाई कोरोना भाइरस पुष्टि भएको तीन दिनपछि अर्कीलाई कोरोनाको संक्रमण भएको थियो।

केटी डेभिस बालबालिकाको नर्स भएको जनाइएको छ। उनी साउथअ्याम्पटनस्थित चिल्ड्रेन्स हस्पिटलमा कार्यरत थिइन्। एमाले भने यसअघि नै नर्सिङ पेसा छाडेकी थिइन्।

नर्सिङ टाइम्सका अनुसार हाल लन्डनमा कोरोना भाइरसका कारण मृत्यु हुने नर्सको संख्या ५० पुगेको छ।

बेलायतमा हालसम्म १ लाख ४३ हजार ४६४ कोरोना संक्रमित पुष्टि भएका छन्। तीमध्ये १९ हजार ५०६ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .