समाज


नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट

नुवाकोटमा आगलागीबाट दुई घर जलेर नष्ट

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १८:१, त्रिशूली (नुवाकोट)

ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ। 

आगलागीमा परी रु एक करोड बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो।

‘विद्युत् गडबढका कारण आगलागी हुँदा नगद रु १० लाखसहित रु २५ लाख बराबरको सुनचाँदीको गरगहना, रु १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,’ प्रनाउ लामाले भने, ‘स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।’

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ। जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad