नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए।
उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उनको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तरराष्ट्रिय समुदाय र मानवअधिकारवादी सङ्घ–संस्थाले निरन्तर कुटनीतिक पहल गर्दै आएको थियो। उनका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो।
30
Shares

प्रतिक्रिया