समाज


प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १२:१२, काठमाडौँ

नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो।

भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले सहयोग गरेकाले सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कदर प्रत्र प्रदान गरेका थिए । अध्यक्ष श्रेष्ठले सडक सुरक्षाका लागि एनआरएनएले योगदान गरेको बताउँदै आउँदा दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने बताए । 

एनआरएनएले अहिले ट्राफिक कन्ट्रोलरुम पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । उक्त कार्यका लागि करिब ८० लाख बढी लागत लाग्ने अनुमान गरिएको छ । उपत्यका ट्राफिक कन्ट्रोल रुममा आवश्यक पर्ने उपकरणहरु जोड्ने काम भइरहेको एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए । विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका मनोजकुमार श्रेष्ठले काम अन्तिम चरणमा पुगेको र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने बताए । 

सम्मान समारोहमा एनआरएनएका पूर्व अध्यक्षहरु विनोद कुँवर, राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व महासचिव जानकी गुरुङ, वर्तमान कार्यसमिति उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, विश्वदीप तिगेला, महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे, महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा, युवा उद्यमी नारायण भण्डारी (समाजसेवी), विपद् व्यवस्थापन समितिका सदस्यसचिव धर्मराज गिरी, एनआरएनएका कार्यकारी निर्देशक रविकिरण अधिकारी, सञ्चारकर्मी विवश काफ्लेको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad