समाज


चर्को आवाज निकाल्ने २७५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने २७५ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ५:१२, काठमाडौँ

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आजसम्म २७५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ। 

चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप जडान गरिएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्नेलाई कडाइ गर्न ठूलो सङ्ख्यामा मोटरबाइक नियन्त्रणमा लिइएको उनको भनाई छ। यो अभियान जारी रहने छ। नियन्त्रणमा लिइएका बाइकहरूको कानुनी प्रक्रियासमेत अगाडि बढाइएको उनले बताए।

उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन। 

तर पछिल्लो समयमा धेरै मोटरसाइकल चालकहरूले साइलेन्सर पाइपहरू परिवर्तन गरी तीव्र ध्वनि उत्पादन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कडाइ गर्न थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad