समाज


जेनजी आन्दोलनमा घाइते भएका ४ पत्रकारलाई काउन्सिलको आर्थिक सहयोग

जेनजी आन्दोलनमा घाइते भएका ४ पत्रकारलाई काउन्सिलको आर्थिक सहयोग

सहयोग हस्तान्तरण कार्यक्रममा काउन्सिलका सदस्य भीमलाल श्रेष्ठ र घाइते पत्रकारहरू।


नेपालखबर
असोज २९, २०८२ बुधबार १६:५०, काठमाडौँ

प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनको समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

मंगलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका  दैनिकका दिपेन्द्र ढुङ्गाना, नेपाल प्रेस डटकका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरेका हुन्।  
 
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाएका थिए। 

सोही प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका स्वतन्त्त पत्रकार शम्भु दङ्गाल भने अस्वस्थ्यता कारण उपस्थित हुन नसकेको काउन्सिलले जनाएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad